खाग चलचित्रका लेखक कुँवरलाई सौराहामा स्वागत

रत्ननगर १६ फागुन । गैंडा संरक्षणमा सकारात्मक सन्देश प्रवाह गर्न निर्माण गरिएको खग चलचित्रका लेखक कमलजंग कुँवर र उनको टिमलाई सौराहामा स्वागत गरिएको छ । चलचित्रको प्रचारप्रसारको लागि चितवन आएका चितवन निकुञ्जका पूर्व संरक्षण अधिकृत कुँवरलाई सौराहाका संरक्षणकर्मी एव्म व्यवसायीहरुले स्वागत गरेका हुन । बाघ संरक्षण उपसमिति र समुदायमा आधारित वन्यजन्तु चोरी शिकार नियन्त्रण युवा जागरण अभियान बछौलीले एक औपचारिक कार्यक्रमको आयोजना गरी लेखक कुँवर र उनको टिमलाई स्वागत गरेको हो । वन्यजन्तु संरक्षण क्षेत्रमा चर्चित व्यक्ति कुँवरद्धारा लिखित गैंडालाई चार बर्ष नाकक पुस्तकमा आधारित रहेर सो चलचित्र निर्माण गरिएको हो । सौराहाका संरक्षणकर्मी तथा व्यवसायीहरुले संरक्षणमा कोसेढुंगा हुने गरी चलचित्र निर्माण गरिएको भन्दै कुँवरले बनाएको चलचित्रको स्वागत गरेका छन । कार्यक्रममा बाघ संरक्षण उपाध्यक्ष जितु तामाङले खाग चलचित्रले वन्यजन्तु संरक्षणलाई अझ बलियो बनाउने बताए । कुँवर सरले विगतमा गैंडा जोगाउन ठुलो काम गर्नुभयो उनले भने गैंडा जोगाउन पहिला किताव लेख्नु भयो अहिले चलचित्र बनाउने भएको छ,यसलाई हाम्रो पूर्ण सहयोग रहनेछ । कार्यक्रममा क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरेले खाग चलचित्रले प्रकृति संरक्षणमा . सकारात्मक सन्देश प्रवाह गर्ने बताए । लेखक कुँवरले फिल्मले निकुञ्ज र चितवनको महत्व उजागर गर्ने बताए । समुदायमा आधारित वन्यजन्तु चोरी शिकार नियन्त्रण युवा जागरण अभियानकी अध्यक्ष डोमा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा चरा संरक्षणकर्मी टीका गिरी,कलाकार प्रविण खतिवडा लगायतले चलचित्रको महत्वको वारेमा वोलेका थिए ।