पितृ उद्धारका लागि कश्यप आश्रममा श्रीमद्भागवत हुने

चितवन, १५ फागुन । देवघाटमा श्रीमद्भागवत धन धान्याचल पितृ उद्वार ज्ञान महायज्ञ २०७५ को आयोजना कश्यप गोत्रीय अधिकारी समाजले चिवतनको देवघाटमा श्रीमद्भागवत धन धान्याचल पितृ उद्वार ज्ञान महायज्ञ २०७५ को आयोजना गरेको छ ।
कश्यप आश्रमलाई कुल तिर्थको रुपमा विकसित गरी राष्ट्रकै धार्मिक पर्यटनको आकर्षण केन्द्र बनाउने उद्देश्यका साथ महायज्ञको आयोजना गरिएको हो । चितवनको देवघाट स्थित कश्यप आश्रममा यहि फागुन २९ देखी चैत्र ७ गतेसम्म महायज्ञको आयोजना गरिएको कश्यप गोत्रीय अधिकारी समाजका अध्यक्ष एवं आयोजक मुल समितिका संयोजक देविरमण अधिकारीले बुधबार पत्रकार सम्मेलनामा जानकारी दिए । देवघाटमा अध्ययन अवलोकन भ्रमणमा आउने भक्त महानुभावहरुका लागि सुविधाजनक अतिथि आवास गृह निर्माण गर्ने कश्यप गोत्रीय अधिकारी समाजका महासचिव रामहरि शर्मा अधिकारीले जानकारी दिए ।
वैदिक सनातन धर्म परम्परा र संस्कृतिको अध्ययन अनुसन्धानका लागि उपयुक्त स्रोत सामग्री संकलन र संरक्षण गर्ने समेत आचार्यले बताए । माधुर्य कथा वाचक पंडित बालकृष्ण अर्यालद्वारा कथा वाचन हुने महायज्ञमा उपस्थित भई तन मन धनले सहयोग गर्न आग्रह गरेका छन् । श्रीमद् भागवत पाठ परायण, प्रवचन, धान्यपर्वत पूजा, रुद्रभिषेक शक्ति आरधाना, हवन, तर्पण, मार्जन, लक्षवर्ती प्रज्वलन, वेद, चण्डी, गीता, पितृसुक्त, आदि पाठ, तुलादान, व्रतबन्ध र चौरासी पुजा समावेश गरिने जनाईएको छ ।
महायज्ञबाट करिब ४ करोड संकलन हुने अनुमान गरिएको छ । पुस्तकालय सहितको अतिथि गृह, आकर्षक स्तम्भ, अक्षय कोष स्थापना, स्मारिका प्रकाशन गर्ने जनाईएको छ । पत्रकार भेटघाटमा कश्यप गोत्रीय अधिकारी समाजका सूचना संयोजक राधाकृष्ण अधिकारीले स्वागत मन्तव्य राखेका थिए । २०६६ सालमा स्थापित कश्यप गोत्रीय अधिकारी समाजमा देशभरका कश्यप अधिकारी आवद्ध छन् ।