पिस वेभ नेपाल र लायन्स क्लबद्धारा रामजानकी बालिका आश्रमलाई पञ्चबर्षिय आर्थिक सहयोग प्रदान (भिडियो)

चितवन, १५ फागुन । पवित्र धार्मिक तिर्थस्थल देवघाटधाम रहेको रामजानकी बालिका आश्रममा रहेको बालिकाहरुलाई पञ्चबर्षिय आर्थिक सहयोग प्रदान गरिएको छ ।
गुरुकुल आश्रममा संरक्षित भई संस्कृति अध्ययन गर्दै आएका ४० जना बालिकाहरुलाई पिस वेभ नेपाल र लायन्स क्लब अफ काठमाडौँ टेम्पलको संयुक्त आयोजनामा हरेक बर्ष प्रदान गर्ने गरि पञ्चबर्षिय आर्थिक सहयोग प्रदान घोषण गरिएको हो ।
एक समारोहका विच चितवन प्रदेश नं. ३ क का सासंद विजय सुवेदीको प्रमुख आतिथ्यमा पहिलो बर्षको २ लाख रुपैयाँ आर्थिक सहयोग आश्रमका अध्यक्ष स्वामी रामेश्वर खनाल र आश्रमकी सञ्चालिका विजया चन्दनलाई वेभ नेपालका अध्यक्ष अरुणकुमार श्रेष्ठ र क्लबका अध्यक्ष सुर्दशन मर्हजनले प्रदान गरेका थिए ।

 

सोसगैँदुई संस्थालले आश्रमका बालिकाहरुलाई लत्ताकपडा, शैक्षिक समाग्री र विद्यालय पोशाक समेत प्रदान गरेको वेभ नेपालका अध्यक्ष अरुणकुमार श्रेष्ठ जानकारी दिए ।


सो अवसरमा बोल्दै सासंद सुवेदीले समाजिक कार्य गरि सहयोग गर्ने कार्य निकै सराहिनय भन्दै यस्ता कार्य सबैले अनुसरण गर्नुपर्ने बताए ।
धार्मिक कर्म काण्ड गर्ने मान्छेहरु अभाव भएको वेलामा बालिकाहरुले संस्कृत बढ्नु निकै राम्रो भएको समेत उनले बताए ।
कार्यक्रममा बोल्दै कार्यक्रममा नेपाल टेलिभजनका निर्वतमान कार्यकारी अध्यक्ष महेश दाहालले अरु धेरै बालिकाहरुलाई पनि ल्याएर पढाई वातावरण बनाउन आफुहरुले सहयोग गर्नु निकै पुन्य काम भएको बताए । कार्यक्रममा आश्रमका बालिकाहरुले स्वागत गरेको थिए ।