टोल विकास संस्था र जनप्रतिनिधिले गरे रत्ननगरमा सरसफाई

रत्ननगर १५ फागुन । रत्ननगर नगरपालिकाको वडा नं १ र १० अन्तर्गत पर्ने राजमार्गको दाँयावाँया बुधवार सरसफाई गरिएको छ । टोल विकास संस्था वडा समन्वय समिति रत्ननगर १० को समन्वयमा कल्याण,हरिहर,कैलाश,श्रीप्रभात टोल विकास संस्थाले सरसफाई कार्यक्रमको आयोजना गरेका हुन । सरसफाई कार्यक्रममा प्रदेश साँसद,कृष्ण खनाल,रत्ननगरका मेयर नारायण वन सहित टोल विकास संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको तथा टोल विकास संस्था वडा समन्वय समितिका संयोजक ज्ञानेन्द्रराज पाण्डेले बताए । कार्यक्रममा सहभागीहरुले राजमार्ग छेउछाउमा जाथाभावी फालेका प्लाष्टिक,सिसा लगायत अन्य फोहोर संकलन गरी नगरपालिकाको फोहोर विर्सजन गर्ने ठाउँमा पठाएको पाण्डेले जानकारी थिए । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सांसद कृष्ण प्रसाद खानालले नियमित रुपमा गरिने सरसफाईले वातावरणमा सकारात्मक प्रभाव पर्ने भन्दै यसलाई निरन्तरता दिन आवश्यक रहेको बताए । मेयर वनले नगरको सरसफाईका लागि नगरवासीबाट भएको प्रयासलाई आफुले सकारात्मक रुपमा लिएको बताए । कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी,गामवेसीको संरक्षण केन्द्रका अध्यक्ष केपीकिरण शर्मा,शुभ प्रभात टोल विकास संस्थाका अध्यक्ष विष्णु पुरी,दूर संचार टोल विकास संस्थाका अध्यक्ष दिपक जंग रायमाझी,सक्षम आमा समूहकी अध्यक्ष बिन्दा खड्का, हरिहर टोल विकास संस्थाका अध्यक्ष सोमप्रसाद भट्ट लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम वडा नं १० का वडाध्यक्ष केशव आचार्यको अध्यक्षतामा भएको थियो ।