भाराङकी ७५ बर्षिय चनीमाया प्रजाले नागरिकता पाएपछि खुसी हुदैँ भनिन् बल्ल पाईने भो भत्ता

इच्छाकामना, ११  फागुन । चितवनको इच्छाकामना गाउँपालिका वडा न १ का चनीमाया प्रजा ७५ बर्षको उमेरमा नागरिकता पाउदाँ खुसी भएकी छिन् ।
जिल्ला प्रशासन कार्यालय चितवन र इच्छाकामना गाउँपालिकाले संयुक्त आयोजना वडा नम्वर १ मा रहेको श्री आधारभुत बिद्यालय भाराङमा शुरु गरेको एकिकृत घुम्ती सेवामा उनले नागरिकता प्राप्त गरेकी हुन् । उनलाई प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र गाउँपालीकाकी अध्यक्ष गीता कुमारी गुरुङले संयुक्त रुपमा नागरिकता प्रदान गरेका थिए ।
नागरिकता पाएपछि उनले अब भत्ता पाउने भयो भन्दै खुसी व्यक्त गरिन् ।
“७५ बर्षमा बल्ल नागरिकता पाएँ,म आज धेरै खुसी छु, अब मैले पनि बृद्धा भत्ता पाउने आशा गरेको छु ।” उनले भनिन् ।

इच्छाकामना गाँउपालिका वडा नम्वर १ मा रहेको श्री आधारभुत बिद्यालय भाराङमा शिबिर शुरु भएको हो । शिबिरमा जिल्ला प्रशासन कार्यालय सहित विभिन्न सात वटा विषयगत कार्यालयहरुले स्थलगत सेवा दिएका छन् । नागरिकता बितरण, जन्मदर्ता, बिबाह दर्ता सहित स्वास्थ्य शिवीर, कृषी तथा भेटनरी सेवा निशुल्क उपलब्ध गराइएको हो ।

झण्डै दुई घण्टा पैदल हिडँेर आएकी चनिमायाले गााउँमै नागरिकता पाँउदा खुसी ब्यक्त गरिन् ।

सो स्थानमा बिपन्न चेपाङ समुदायको बसोबास छ । आँखा, दाँत, र आयुर्वेद स्वास्थ्य चेकजाँच तथा औषधि वितरण निशुल्क गरिएको छ । शिवीरमा कृषी ज्ञान केन्द्रले मकैको बिउ र केही कृषी उपज जानकारीहरु किसानलाई दिएको छ । शिबिरमा भूकम्पपीडितहहरुको गुनासो सुन्ने र सल्लाह समेत दिनेछन् । समेत बिकट स्थान र सिमान्तकृत समुदायको बसोबास क्षेत्र भएकाले यो ठाँउ रोजेर शिबिर आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए ।
कार्यक्रममा ईच्छाकामना गाँउपालिकाकी अध्यक्ष गीता गुरुङले आर्थिक अभाव र नागरिकताको आवस्यकता बारे जानकारी नहुदाँ नागरिकता नबनाउने गरेको बताउनुभयो । आर्थिक अभावका कारण नागरिकता जस्तो आधारभुत बिषयवाट समेत जनता बन्चित रहेको अवस्थालाई मध्यनजर गर्दै एकीकृत घुम्ती शिबिर सञ्चालन गरेको उनले बताइन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक दीपेन्द्र शाहले जिल्लामा शान्ति सुरक्षा सुदृढ गर्न प्रहरी सदैव सक्रिय रहेको बताउदैं पाहाडी बस्तीमा कतिपय ठाँउमा अवैध गाँजा खेती हुने गरेको र मदिरा पदार्थ बढी सेवन गर्ने गरेकोमा स्थानीयको ध्यानकर्षण गराए ।
बिषयगत कार्यालयहरुले घुम्ती शिबिर संगैं सार्वजनिक सुनुवाई समेत आयोजना गरेका थिए ।

शिबिर शनिबार सम्म चल्ने छ।शिविरमा वडा न २ र १ का स्थानियहरुले सेवा लिने छन् ।

सोही अवसरमा वडा न १ भाराङमा रहेको बिकट चेपाङ गाउँमा सामुदायिक स्वास्थ्य इकाईको स्थापना गरिएको छ । इच्छाकामना गाँउपालिकाले निर्माण गरेको सामुदायिक स्वास्थ्य इकाईको शुक्रबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र गाँउपालिकाकी अध्यक्ष गीता गुरुङले संयुक्तरुपमा उद्घाटन गरेका हुन । सो केन्द्रमा तत्काल एकजना अहेव खटाइएको गाँउपालिकाकी अध्यक्ष गीता गुरुङले बताईन् । यस बिकट गाउँका स्थानियहरु सामान्य प्राथमिक उपचारबाट समेत बञ्चित हुदैँ आएका थिए ।
स्वास्थ्य जिवनको आवस्यकता, नियमित स्वास्थ्य जाँचको प्रतिवद्धता भन्ने मुलनाराका साथ विकट गाउँका गरिब जनताहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको अध्यक्ष गुरुङले बताईन् ।
गाउँमै स्वास्थ्य स्ांस्था स्थापना पछि स्थानियहरुले खुशी व्याक्त गरेका छन् । उद्घाटन कार्यक्रमा स्थानियले बजागाजा सहित खुसी मनाएका हुन् ।