सिमानामा बाँध बनाउँदै भारत १३ सय परिवार डुबानको जोखिममा

 

काठमाडौं, ११ फागुन । सीमा नजिकै भारतीय पक्षले एकतर्फी रुपमा ड्याम निर्माण गर्न थालेको छ । भारतीय पक्षले सन्धिसम्झौताविपरीत सीमामा आफूखुसी ड्याम निर्माण गर्न थालेपछि यस क्षेत्रको बस्ती डुबानको उच्च जोखिममा परेको छ । भारतीय पक्षले कैलारी गाउँपालिकाको ३, ५र ७ वडाको सीमामा ड्याम निर्माण गर्न थालेको हो ।

वर्षातमा डुबानमा परिरहने यो बस्ती नजिकै भारतीय पक्षले ड्याम निर्माण गर्द झनै जोखिममा परेको कैलारी ३ का वडाध्यक्ष कैलाश चौधरीले जानकारी दिनुभयो ।

सीमामै भारतीय पक्षले ड्याम निर्माण गर्दा कैलारी गाउँपालिका ३ को तीन सय, ५ को पाँच सय र ७ को पाँच सय गरेर १३ सय घरधुरी डुबानमा पर्ने प्रदेशसभा सदस्य वीरमान चौधरीले बताउनुभएको समाचार नागरिक दैनिकले प्रकाशित गरेको छ ।