खैरहनीमा महिला कानुनी अधिकार तालिम सकियो

चितवन, ७ फागुन । खैरहनी नगरपालिकाले नगर भित्र रहेका महिलाहरुलाई महिला कानुनी अधिकारका विषयमा तालिम प्रदान गरेको छ । नयाँ मुलुकी संहिता पछि जारी भएको कानुनका विषयमा जानकारी गराउने उदेश्यले नगरपालिकाले तीन दिन सम्म यहाँका महिलाहरुलाई तालिम दिएको हो । नगर भित्रका ३० जना महिलाहरु सहभागीता तालिम मंगलवार सकिएको छ । तालिममा अधिवक्ता राजकुमार श्रेष्ठ,नगरपालिकाका प्रशासकीय अधिकृत पौडेलले समाजमा विद्यमान सामाजिक मुल्य मान्यताको कारणले महिला माथी यसले पार्ने असर,महिला तथा वालवालिकामाथी हुने हिंसा र संविधानमा उल्लेख अधिकारको व्यवस्था,लैंगिक हिंसा नियन्त्रणमा स्थानीय सरकार संचालन ऐनले गरेका कानुनी व्यवस्था, सम्पतीमाथी महिलाको अधिकार,मानव वेचवेखिन तथा ओसारपोसारबाट पीडितले क्षतीपूर्ती पाउन सक्ने कानुनी व्यवस्था,स्थानीय तहको न्यायिक समितिले लैंगिक हिंसा सम्वन्धी निवारण गर्न सक्ने व्यवस्थाका विषयमा प्रशिक्षण दिएको नगरपालिकाको महिला तथा वालवालिका शाखा प्रमुख सविता खनालले जानकारी दिईन् ।