चितवनमा गोरु तस्कर गर्ने ४ ट्रक नियन्त्रणमा

 

चितवन, ७ फागुन । चितवन हुदै गोरु तस्कर गर्ने ४ वटा ट्रक नियन्त्रणमा लिईएको छ । तस्करहरुले बिहानै ट्रकमा गोरु लोड गरेर लुकाई पश्चिमबाट पूर्व तर्फ लैजादै गर्दा रत्ननगर टाडीँ बजारमा स्थानिय र प्रहरीले ती ट्रक नियन्त्रणमा लिएका छन् ।
प्रशासनले ध्यान नदिएका कारण तस्करहरुले निर्धक्क रूपमा गोरु तस्करी गर्दै आइरहेको स्थानीयको भनाइ छ।  ट्रक तस्करहरुले कृषि फर्मको निकासी पुर्जी देखाएर तस्कर गर्ने गरेका छन् पशुसेवा कार्यालयको कृषि प्रयोजनका लागि भनेर भेटेरीनरी प्रमाणपत्रसमेत दिने गरेको भेटिएको छ। अहिले ट्रक रोकेर थप अनुसन्धान भईरहेको छ ।