Top Banner Head Half Add -1 Left

 

हेटौंडामा बसको ठक्करबाट एक को मृत्यु

हेटौंडा ७ फागुन । पुर्व पश्चिम् राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका १९ बस्तीपुर र दामसिटार बिचमा यात्रुवाहक सवारीको ठक्करबाट एक जना पहिचान नखुलेको ब्यक्तिको घटना स्थलमा मृत्यु भएको छ ।

सोमबार राति पैदलयात्रीलाई बसले ठक्कर दिदाँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मृतकलाई ठक्कर दिने ना ५ ख ५२४६ नम्बरको रात्रि बसलाई प्रहरीले नियन्त्रणमा लिएको र बसका चालक फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

बसको ठक्करबाट मृतक को टाउको फुटेको र घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।शवलाई पोस्टमार्टमको लागी हेटौंडा अस्पतालमा ल्याइएको बताईएको छ । शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।