भेरी नदीमा बस खस्यो ,४ जनाको मृत्यु

 

जाजरकोट,२ फागुन । जाजरकोटको रिम्नामा भेरी नदीमा बस खस्दा ४ नाको मृत्यु भएको छ ।नेपालगञ्जबाट रुकुमको राडीतर्फ जाँदै गरेको भे १ ख १३२९ नम्बरको बस भेरी नगरपालिका १ रिम्नामा सडकबाट भेरी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

कार्यालयका प्रहरी नायब निरीक्षक रामबहादुर सिंहका अनुसार अहिलेसम्म ४ जनाको शव भेटिएको छ भने ५ जनाको उद्दार भएको छ ।

दुर्घटनाको जानकारी आएपछि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रिम्नाको टोली उद्दारमा खटिएको छ । प्रहरी निरीक्षक केशरबहादुर कार्की नेतृत्वमा २५ जनाको प्रहरी टोली उद्दारमा गएको छ ।

फाइल फोटो