१३ औं सौराहा फुड फेष्टिवलमा आज वसन्त थापाको प्रस्तुती रहने

 

विकाश पौडेल /सन्जय दुवाडी
चितवन २९ माघ । चितवनको पर्यटन प्रर्बद्धनको लागि पर्यटकीय नगरी सौराहामा सौमवार देखि १३ औं सौराहा फुड फेष्टिवल सुरु भएको छ । फेष्टिवलको पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सांसद सुरेन्द्र पाण्डेले उद्घाटन गरेका थिए । उद्घाटन पूर्व निकुञ्ज प्रवेशद्धारबाट निकालिएको शोभायात्राले सौराहा परिक्रमा गरेको थियो ।
आज दोस्रो दिन पनि दर्शकको उपस्थिति राम्रो हुने आयोजकले वताएका छन् ।
आज दोस्रो दिन चर्चित गायक गायिकाको प्रस्तुती रहने छ । आज सालको पात टपरी हुनेका गायक शर्जक वसन्त थापा, देवि घर्ती मगर,आस्था राउत,अर्जुन सापकोटा,रत्ननगर कला मन्दिरको प्रस्तुति रहेने छ भने साथै स्थानीय कलाकारहरुको प्रस्तुती रहने रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिनु भएको छ ।
सोमवार देखि सुरु भएको १३ औं सौराहा फुड फेष्टिवल आगामि फागुन ३ गते सम्म सिसुवार खेल मैदानमा सञ्चालन हुने छ ।