रत्ननगरमा आज देखि सरसफार्ई महाअभियान सुरु (भिडियो सहित)

चितवन, २६ माघ । चितवनको रत्ननगर १० मा रहेको युनिक युवा क्लबलले आज(शनिबार) बाट रत्ननगर सरसफाई महाअभियान सुरु गरेको छ । क्लबले सरसफाई महाअभियानलाई दिगो बनाउने उद्देश्य सहित शनिबारबाट अभियान सञ्चालन गरेको हो । क्लबले अभियानको सुरुवातमा रत्ननगर वडा नम्बर दशको निपनी चोक देखि बैरिया माबि सम्मको क्षेत्र सरसफाई गरेको थियो ।
सार्बजनिक स्थलमा हुने गरेको फाहोर मैला ब्यबस्थापनमा स्थानिय तह नगरपालिकाले चासो नदेखाएपछि युवाहरु मिलेर अभियान चलाउनु परेको क्लबका अध्यक्ष बिकाश पौडेलले बताए ।
सरसफाईको क्रममा अत्याधिक मात्रामा गुट्खाकाका खोल र पलास्टिक जन्य बस्तुहरु फेला परेको सरसफाई अभियान्ता ज्ञानेन्द्रराज पाण्डेले बताए ।

प्रदेश सांसद कृष्ष्ण खनाल, रत्ननगर नगरपालिकका मेयर नारायण वन,स्थनीय तथा जनप्रतिनिधि सहभागितामा भएको कार्यक्रममा प्रदेश सांसद कृष्ण खनालले सरसफाई महाभियानलाई दिगो बनाउन आग्रह गरे ।

त्यस्तै कार्यक्रममा रत्नननगर नगरपालिकाका मेयर नारायण वनले युवाहरुले चलाएको सरसफाई अभियानलाई पुर्ण रुपमा साथ दिने बताए । वनले पछिल्लो समय नगरपालिका भित्रको सार्बजनिक स्थलमा अत्याधिका फाहोर बढेको भन्दै अब त्यसप्रति सजग भएर अगाडी बड्न आग्रह गरे । मेयर वनले नगरपालिकाले अब सरसफईको क्षेत्रमा लगानी मैत्री वाताबरण बनाएर फोहोरलाई मोहोरमा बताउने समेत बताए ।

सरसफाई महाअभियानलाई क्लबले प्रत्यक साताको शनिबार बिहान ७ बजे देखि ९ बजे सम्म समय निकालेर नगरका बिभिन्न स्थानमा पुगेर सरसफाई गर्ने क्लबका सचिब सुदिप पाण्डेले बताए । क्लबले सरसफाई क्षेत्रसाँगै समाजमा हुने बिभिन्न किसिमका बिकृती र बिसंगतीका बारेमा पनि सचेतना जगाउने काम गर्ने बताएको छ । क्लबले पहिलो चरणमा बिभिन्न सार्बजनिक स्थानमा सफाई गर्ने, टष्विन राख्ने, सार्बजनिक स्थलमा हुने फाहोरलाई न्युनिकरण गर्ने पम्पपेललेट राख्ने लगाएतका काम गर्ने छ ।