मन्तव्य राख्दा राख्दै बेहोस फाल्गुनन्द गाउँपालिकाका अध्यक्षको निधन

पाँचथर २६ माघ । एउटा कार्यक्रममा मन्तव्य राख्दै गर्दा बेहोस भएका पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको निधन भएको छ ।

शनिबार दिउँसो २ बजे गाउँपालिकाको ५ नम्बर वडाले गरेको कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्ने क्रममा अध्यक्ष नेम्बाङ बेहोस हुनुभएको थियो । ७७ वर्षका गाउँपालिका अध्यक्ष नेम्बाङको इलाम अस्पतालमा उपचार हुन नसकेपछि काठमाण्डौ ल्याउने तयारी हुँदै गर्दा निधन भएको हो । उहाँलाई उच्च रक्तचापको समस्या रहेको पारिवारिक स्रोतले जनाएको छ । उज्यालो अनलाइनमा समाचार छ ।