घुमाउनेमा ट्रक र स्कारपियो ठोकिदा ११ जना घाइते

 

चितवन, माघ २४ । नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउनेमा ट्रक र स्कारपियो गाडी एक आपसमा ठक्कर खांँदा गाडीमा सवार ११ जना घाइते भएका छन , जसमध्ये ४ जनाको अवस्था गम्भिर रहेको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार आज अपरान्ह सवा ३ बजेको समयमा काठमाडौबाट नारायणगढ तर्फ बा १९ च ४७९८ नम्बरको स्कारपियो र ना ५ ख ८८७२ नम्बरको ट्रक एक आपसमा जुध्दा उक्त दुर्घटना भएको हो ।
स्कारपियोमा सवार ११ जना घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्कारपियोमा साना बालबालिका पनि रहेको बुझिएको छ । आज परेको अविरल बर्षा र सांघुरो बाटो भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।