खैरहनीका मगर समुदायलाई वंगुरका पाठापाठी वितरण

चितवन, २४ माघ । खैरहनी नगरपालिका ४ लाफा गाउँका मगर समुदायलाई वंगुरका पाठापाठी तथा खोर अनुदान रकम वितरण गरिएको छ । खैरहनी नगरपालिकाको पशु सेवा शाखाले विहीवार लाफा गाउँका मगर समुदायको आयआर्जनका लागि वंगुरको पाठापाठी वितरण गरेको हो । खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरी, कार्यवहाक वडाध्यक्ष देववहादुर वस्नेत र प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले सयुक्त रुपमा पाठापाठी र खोर निर्माण अनुदान रकम हस्तान्तरण गरेका थिए । सो अवसरमा वोल्दै मेयर चौधरीले आदिवासी ,जनजाती र सिमान्तकृत समुदायको विकासका लागि नगरपालिकाले योजना वनाएर काम अगाडी वढाईरहेको वताए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले विउ पुँजीको रुपमा यो सहयोग गरेको उल्लेख गर्दै अनुदान प्रतिफलमुलक वनाउन आग्रह गरे । लाफा वंगुरपालन समुहमा आवद्ध रहेका मध्ये ७ जना सदस्यलाई खोर निर्माणका लागि प्रति व्यक्ती ३ हजार ५ सयका दरले अनुदान र २२ जना सदस्यलाई एक एक वटा पाठापाठी वितरण गरेको पशु सेवा शाखा प्रमुख रुद्र श्रेष्ठले वताए । लाफा वंगुरपालन समुहकी अध्यक्ष इशा आले मगरको अध्यक्षतामा भएको कार्यक्रममा खैरहनी ४ का कार्यवहाक वडाध्यक्ष देववहादुर वस्नेत,सोनी लाफा मगर समाजका अध्यक्ष जगतवहादुर राना मगर लगायतले मन्तव्य राखेका थिए ।