सिन्धुलीको फिक्कलमा जिप दुर्घटना, चारको मृत्यु

सिन्धुली, माघ २४  ।  जिल्लाको फिक्कलमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। फिक्कलबाट सिन्धुली सदरमुकामका लागि छुटेको बा१५च ९४ २२ नम्बरको जीप अनियन्त्रीत भएर सडकबाट झण्डै २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

फिक्कल गाउँपालिका–२ चन्डिभञ्ज्याङमा जिप दुर्घटनामा परेको हो। मृत्यु भएकाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। दुर्घटनामा आठजना घाइते भएका छन्। घाइतेको सिन्धुली र काभ्रेका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।