खैरहनी २ को टोलटोलमा स्वास्थ्य सचेतना

चितवन, २३ माघ । खैरहनी नगरपालिका वडा नम्वर २ मा स्वास्थ्य सम्वन्धी आधारभुत जनचेतनामुलक कार्यक्रम गरिएको छ । वडा कार्यालयको सहयोगमा चैनपुर स्वास्थ्य चौकीले तीन दिने कार्यक्रम आयोजना गरेको हो । वडा भित्र रहेका टोल टोलमा पुगेर स्वास्थ्य चौकीले प्रदान गर्ने सेवा,सेवा प्रवाहमा वडावासीका गुनासाहरु समेट्ने उदेश्यले कार्यक्रम गरिएको कार्यक्रम उपभोक्ता समिति अध्यक्ष लक्ष्मी ढकालले जानकारी दिईन् । खैरहनी २ मा १२ वटा टोल विकास संस्था रहेका छन् । बुधवार नवप्रभात र पटिहानी टोल विकास संस्थामा आयोजित कार्यक्रममा वोल्दै वडाध्यक्ष टिकादत्त इटनीले समृद्ध नेपाल ,सुखी नेपाली वनाउने सरकारको लक्ष्य अन्र्तगत स्वास्थ्य पनि एक पाटो भएकाले यसलाई प्राथमिकता दिनु पर्ने वताए । शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सके स्वस्थ नागरीक वन्नुका साथै समृद्ध नेपाल वन्ने उनको भनाई थियो । वडाध्यक्ष इटनीले स्वास्थ्य चौकीबाट पनि प्रभावकारी उपचार हुने भएकाले सामान्य उपचारका लागि पनि भरतपुर धाउने चलन रहेकाले स्वास्थ्य चौकीप्रतिको आकर्षण वढाउनु पर्नेमा जोड दिए । मंगलवार नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक रुद्र शर्मा,बुधवार स्वास्थ्य शाखा संयोजक माया पाण्डे र प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख डाक्टर सरोजा पोखरलले उच्च रक्तचाप,मधुमेह,मुटु,वाथरोग,सर्ने नसर्ने रोग,परिवार नियोजन,सुरक्षित मातृत्व,स्वास्थ्य बीमाका बारे सहजीकरण गरेका छन् । कार्यक्रम विहीवार सम्म चल्ने छ ।