चितवने पत्रकारलाई वातावरण लेखन तालिम

 

चितवन, २३ माघ । चितवनमा वातावरण सम्बन्धी लेखन कार्यलाई थप सशक्त बनाउन वातावरण सम्बन्धी दुई दिने तालिम सुरु भएको छ ।
नेपाल पत्रकार महासंघ चितवन शाखाको आयोजनामा पत्रकारहरुका लागि वातावरण सम्बन्धी दुई दिने तालिम आजबाट यहाँ सुरु भएको हो ।
तालिमको उद्घाटन गर्दै भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीले पत्रकारहरुलाई वातावरण सम्बन्धी ज्ञान दिलाउन तालिम फलदायी हुने बिश्वास व्यक्त गर्नु भयो ।

ठकुरीले जलबायु परिवर्तनको प्रभावको वारेमा आम जनतालाई जानकारी गराउन पत्रकारमार्फत सहज हुने बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष राधेश्याम खतिवडाले मोफसलका पत्रकारहरु सबै क्षेत्रका ज्ञाता हुनु पर्ने भएकाले बातावरण सम्बन्धि लेखन कार्यलाई थप शशक्त बनाउन तालिम आयोजना गरिएको बताउनु भयो । तालिममा जिल्लामा क्रियाशिल ५० जना पत्रकार सहभागि रहेका छन् ।

सहभागिहरुलाई हस्त गुरुङ्, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल, भरतपुर महानगरपालिकाका उपसचिब कुल वहादुर जिशी, महानगरपालिकाका सहायक वन अधिकृत अञ्जनी अधिकारीले वातावरण सम्बन्धि बिभिन्न बिषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।