अपाङ्ग कलाकारको सहयोर्गाथ सौराहामा द शिव सो हुने

विकाश पौडेल
चितवन २२ माघ । पर्यटकिय नगरी सौराहामा माघ अन्तिम साता द शिव सो (The Shiva’s Show)  हुने भएको छ । अपाङ्ग कलाकारको सहयोर्गाथ देश भित्रका मौलिक गित तथा नृत्यहरुको साथमा राष्ट्रिय स्तरका ख्याति प्राप्त कालाकारहरुको प्रस्तुती रहने आयोजकले जानकारी दिएका छन् ।
२०७२ सालमा गएको महा भुकम्पमा दुवै खुट्टा गुमायका दैलेख निवासी २१ वर्षिय कलाकार रमेश खत्री र दाङ्ग निवासी २५ वर्षिय कलाकार मिना पुनलाई आर्थिक सहयोग गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको देशका चर्चित नृत्य निर्देशक शिव विकले जानकारी दिनु भएको छ ।


विक यति वेला निकै व्यस्त नृत्य निर्देशकको रुपमा चिनिनु हुन्छ । विकले हाल सम्म नेपाली कथानक चलचित्र ३५ र लोक गित संगितमा करिव ५००० म्युजिक भिडियोमा निर्देशन गरि सक्नु भएको छ । विक कालिका चार चितवन निवासि भए पनि धेरैले नचिनेको वताउदै आफ्नो कार्यक्रम चितवनमा गर्न लागेको बताउनु भएको छ ।
कार्यक्रममा चर्चित कलाकारहरुको प्रस्तुती समेत रहने छ । कार्यक्रममा मिलन लामा ,भुवन प्यासी , मरिस्का पोख्रेल, दिपिशा वि।सि, अमित रसाईली, स्मृति शाही, उष लामा, महादेव त्रिपाठी, दिनेश डिसी लगाएतका चर्चित कालाकारहरुको प्रस्तुती रहने छ ।
कार्यक्रमको प्रवेश शुल्क ५०० र १००० रहेको छ भने कार्यक्रम यहि माघ २८ गते दिउसो २ वजे देखि थारु कलचर हाउस सौराहामा हुने आयोजकले वताएको छ ।