‘कांग्रेस इतिहास र वर्तमानको बाघ हो , बाघलाइ नजिस्काउनुस’ : प्रवक्ता बिश्व प्रकास शर्मा

चितवन, २१ माघ । नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकास शर्माले नेपाली कांग्रेस इतिहास र बर्तमानको बाघ भएको बताएका छन् । आज(सोमवार) चितवनमा भएको बृहत बिरोध प्रदर्शनलाइ संबोधन गर्दै शर्माले नेपाली कांग्रेसलाइ नजिस्क्याउन सरकारलाइ चेतावनी दिएका हुन् । ‘नेपाली कांग्रेस इतिहासमा राणा शासन, पञ्चायत लाइ जित्दै तत्कालिन माओबादिको आन्दोलनलाइ नियन्त्रण गर्दै शान्ति प्रक्रियामा ल्याएको पार्टी हो । प्रधानमन्त्री केपी ओलीले कांग्रेसलाई बुढो भैसी, गैडा, बार्ह्सिंगे जस्ता उपनाम दिदै गर्दा कांग्रेस बाघ भएको बिर्सिनुभएछ । सुतेको बाघलाइ नउठाउनु होस् ।’ दुइ तिहाई हुदैमा कांग्रेसको इतिहासलाई बेवास्ता नगर्न उनले सरकारलाई चुनौती दिए । उनले कम्युनिष्टको सरकारले देशलाई उत्तर कोरिया बनाउने षड्यन्त्र गरिरहेको बताए । स्वीजरल्याण्ड बनाउने भनेर देशलाइ उत्तर कोरिया बनाउन तर्फ सरकार उद्दत भएको टिप्पणी गरे । सरकारका जनविरोधी हरेक कदमलाई कांग्रेसले स्पात गर्ने उनले चेतावनी दिए । उनले सरकारले गलत काम गरेमा नेपाली कांग्रेसले संसद र सडकबाट शान्तिपुर्ण तरिकाले आन्दोलन गर्ने बताए । 
सरकारले हत्या हिँसा, बलात्कार जस्ता घटनाको दोषीलाई कारवाही गर्न चुकेको उनको आरोप छ । ‘निर्मला पन्तलाइ न्याय दिलाउन सरकारले आनाकानी गरिरहेको छ । कहिले सुस्त मनस्थिति भएको व्यक्ति दोषी देखाउन,े कहिले कुखुरा चोरेको आरोपमा पक्राउ परेका व्यक्ति देखाउनुले शंका उब्जिएको छ ।’ उनले भने, ‘सरकार शान्ति सुरक्षाको बिषयमा पूर्ण रुपमा चुकेको छ । देश भरि घटना भैरहदा गृहमन्त्रीले शान्ती व्यवस्था चुस्त छ भनेर भन्नु यथार्थ हैन ।’ दुइ तिहाइको सरकारले निर्दोषलाई फसाउन खोजिरहेको उनले आरोप लगाए । देशमा नागरिकले सुरक्षित महशुस गर्न नसकेको भन्दै भष्ट्रचार गर्नेलाई सरकारले संरक्षण गरेको आरोप समेत लगाए ।
प्रवक्ता शर्माले सरकारले महंगी नियन्त्रण गर्न नसकेर गैर जिम्मेवार प्रवृति प्रदर्शन गरेको टिप्पणी गरे । डा गोबिन्द केसीले उठाएको मुलभुत मुद्दाहरुलाई कांग्रेसले आफ्नो नायकत्वमा अगाडी बढाउने जिकिर गरे । अहिलेको चिकित्सा बिधेयक कांग्रेसको सरकारले उल्ट्याइदिने उनको चेतावनी छ । नेपाली कांग्रेसले धेरै पटक चुनाव हारेको ईतिहास भएको भन्दै अहिलेको चुनाव हार्दा वितिकै आतिहाल्नु पर्ने अवस्था नआएको बताए ।
उनले निजगढ विमानस्थल, बुढीगण्डकी जलबिधुत आयोजना र वाइडबडी बिमान खरिद प्रक्रिया जस्ता काममा ठुलो भष्ट्रचार र चलखेल रहेको आरोप लगाए । यस्तै कार्यक्रममा बोल्दै नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले काँग्रेसका कार्यकर्ता आगो रहेको भन्दै अरिगांललाई ध्वस्त पार्ने चेतावनी दिए । भरतपुरको चौबीसकोठीबाट विरोध ¥याली निस्केर लायन्सचोकहुँदै पुलचोकमा पुगेको थियो । ¥यालीमा सहभागीले सरकारविरुद्ध कडा नारा लगाएका थिए । सरकारको कार्यशैलीको बिरोध स्वरुप चितवनमा नेपाली कांग्रेसले बृहत बिरोध प्रदर्शन गरेको हो ।