त्रिशुली नदी किनारमा एक युवाको शव फेला

चितवन , २१ माघ । चितवनको त्रिशुली नदी किनारमा एक युवाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार इच्छाकामना गाँउपालिका ४ सेतीबगर त्रिशुली किनारमा हिजो आइतवार अन्दाजी २५ बर्षिया एक युवकको शव फेला परेको हो । पहिचान हुन नसक्ने गरी सडेको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । खबर पाएलगत्तै ईलाका प्रहरी कार्यालय मुग्लिङ्गबाट खटिएको प्रहरी टोलीले शव फेला पारेको बताइएको छ । गएको माघ ७ गते त्रिशुलीमा ट्रक दुर्घटना हुँदा बेपत्ता भएका चालकको हुन सक्ने प्रहरीको अनुमान छ । शव परिक्षणका लागि अहिले भरतपुर अस्पतालमा राखिएको छ ।