चितवनमा प्रभु पे चौथो क्यान इन्फोटेकको तयारी अन्तिम चरणमा

चितवन, २० माघ । कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ (क्यान) चितवनको आयोजनामा माघ २५ देखि २९ गतेसम्म चितवनको भरतपुरमा हुने प्रभु पे चौथो क्यान इन्फोटेक मेला को तयारी तिब्र पारिएको छ । मेलाको पुर्व सन्ध्यामा निजी तथा सामुदायिक विद्यालयका कम्प्युटर शिक्षकलाई कम्प्युटरसम्बन्धी तालिम प्रदान , आईडिया हन्ट, कार्यक्रम लगाएतका केहि कार्यक्रमहरु गरिसकेको क्यानका जिल्ला उपाध्यक्ष बिष्णु लामिछानेले बताउनु भयो ।

मेलामा सूचना प्रविधिका साथै हार्डवेयर (कम्प्युटर, ल्यापटप, प्रिन्टर, नेटवर्किङ सामग्रीहरु) सफ्टवेयर, सुरक्षा सम्बन्धी सामग्रीहरु, मोबाइल, स्मार्ट टिभीलगायत ८० बढि स्टल रहने क्यान चितवनले जनाएको छ । क्यान चितवनका कोषाध्यक्ष दिलिप कुमार तामागंले प्रबिधिको मेलामा प्रबिधिकै प्रयोग गरेर मेला लाई जति सक्दो भब्य र नमुना बनाउन लागी परेको बताउनु भयो । यस वर्ष मेलालाई पेपरलेस बनाउन डिजिटल टिकट र स्मार्ट गेट निर्माण गरिएको समेत उहाको भनाई छ ।

मेलामा ८० लाखको कारोबार गर्ने लक्ष्य राखिएको बताउदै तामागंले स्टल बुकिगं लगभग अन्तिम चरणमा पुगेको र तयारी समिेत अन्तिम अवस्थामा पुगि सकेको जानकारी दिनु भयो । ‘चितवनको समृद्धि सूचना र प्रविधि भन्ने नारासाथ भरतपुरको अन्तर्रा्ष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना गर्न लागिएको मेला आईटी क्षेत्रको बिकासको कोशेढुगां हुने आफुहरुले अपेक्षा गरेको तामागं बताउनु हुन्छ ।

मेलामा हालै भित्रिएका विभिन्न नयाँ प्रविधिसमेत देखाइने क्यानले जनाएको छ । पाँच दिनसम्म चल्ने उक्त मेलामा नेपालमै बसेर सूचना प्रविधिको क्षेत्रमा भविष्य बनाउन चाहने युवा विद्यार्थीको प्रतिभा देखाउने र नयाँ क्षमता अभिवृद्धि गर्ने युवा विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो पटक आइडिया हन्ट कार्यक्रम पनि आयोजना भएको मेला मूल समितिका संयोजक एवं सङ्घका शाखा अध्यक्ष भानु शर्माले जानकारी दिनुभयो ।

मेलामा आइटीसम्बन्धी अन्तरकिया कार्यक्रम डिजिटल नेपाल प्रोजेक्ट प्रदर्शनी तथा प्रतियोगिता, वेबसाइट निर्माण प्रतियोगिता, केलजस्तरीय हाजिरीजवाफ प्रतियोगिता, आइटीसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने सेमिनार आयोजना नित्य प्रतियोगिता लगाएतका धेरै कार्यक्रम हुने र केहि भइसकेको सचिव सन्तोष भुषालले बताउनु भयो ।

अन्तरविद्यालय नृत्य प्रतियोगिता, टोल विकास संस्थाका प्रतिनिधिलाई सूचना प्रविधिसम्बन्धी साक्षरता कार्यक्रमसमेत मेलामा हुने छन् । यस वर्ष मेलालाई पेपरलेस बनाउन डिजिटल टिकट र स्मार्ट गेट निर्माण गरिँदैछ । मेला प्रवेशका लागि सर्वसाधारणलाई रु ५० र विद्यार्थीलाई रु २५ को टिकट व्यवस्था गरिएको छ । करीब डेढ लाखले मेला अवलोकन गर्ने र ८० लाखको कारोवार हुने आयोजकको लक्ष्य छ । यसको मुख्य प्रायोजक प्रभु पे रहेको छ भने सहप्रायोजक अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्ट रहेको छ ।