बछौली माविको महायज्ञमा एकै दिन २५ लाख संकलन

रत्ननगर २० माघ । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ६ स्थित बछौली माविमा जारी महायज्ञमा एकै दिन २५ लाख रुपैया संकलन भएको छ । महायज्ञको पाँचौ दिन सम्म अहिले सम्म ४५ लाख रुपैया संकलन भएको आयोजकले जनाएको छ । महायज्ञमा अहिले सम्म सबै भन्दा धेरै वाघमारा मध्यवर्ती सामुदायिक वनले १० लाख र त्यसपछि सुखलाल चौधरीले ५ लाख रुपैया दान गरेका छन । चौधरी व्यक्तिगत रुपमा सबै भन्दा ठुलो रकम सहयोग गर्नेमा परेका छन । आइतवार जनकौली मध्यवर्ती सामुदायिक वनले २ लाख ११ हजार, रेवान सौराहाले १ लाख ११ हजार,मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिले १ लाख ७ हजार,भवनाथ पाठकले १ लाख ७५ हजार दान गरेको विद्यालयका प्रधानाध्यापक शिवराम मरहठ्ठाले जानकारी दिए । आइतवारै सुरजगंगा पौडेलले ६२ हजार,विपी चौधरीले ५२ हजार,डिम्मर महतोले ५५ हजार,ढुण्डिराज सिलवालले ५१ हजार,रामेश्वर प्रसाद चौधरीले ५१ हजार दान गरेको प्रधानाध्यापक मरहठ्ठाले जानकारी दिए । महायज्ञमा वालकुमारी खनालको नाममा खनाल परिवारले १ लाख ५१ हजार,युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाले १ लाख १ हजार,छन्नुराम चौधरीले अक्षयकोष स्थापनाको लागि १ लाख ५१ हजार,क्षेत्रीय होटल संघ सौराहाले १ लाख ११ हजार,नरहरि घिमिरेले १ लाख १ हजार रुपैया दान गरेका छन । त्यसैगरी स्वर्गीय पिता मणिरत्न घिमिरेको नाममा छोरा देवीप्रसाद घिमिरेले ७७ हजार ७७७,वडा सदस्य केदरी माया सुनार र उनका श्रीमन चन्द्र बहादुर सुनारले ७५ हजार, चितवन गैंडा लजका सञ्चालक टिका गिरीले ६१ हजार,वालकृष्ण सापकोटाले ५१ हजार,राजेन्द्र प्रसाद खरेलले ५१ हजार,केशव पाण्डेले ५१ हजार रुपैया दान गरेका छन । त्यसैगरी साना किसान कृषि सहकारी संस्था बछौलीले ५१ हजार,डण्डपाणि रिजाल र खगराज रिजालले सयुक्त रुपमा ५१ हजार,चितवन जंगल वाइण्ड लाईफले ५१ हजार,होटल रेनफरेष्टले ५१ हजार,जंगल सफारी लजले ५१ हजार,होटल वाइण्ड लाईफ क्याम्पले ५१ हजार र होटल स्टर व्येन्क्युटले ५१ हजार रुपैया दान गरेका छन । कक्षा १ देखि १० सम्म अंग्रेजी र प्राविधिक तथा व्यवसायिक शिक्षा सञ्चालनको लागि आर्थिक संकलन गर्न आयोजित सो महायज्ञमा पण्डित वालकृष्ण अर्यालले कथा बचन गरेका छन । महायज्ञ २३ गते सम्म चल्नेछ ।