पुर्वेली समाज चितवनको अध्यक्षमा गुरुङ

चितवन,१९ माघ ।पूर्वेली समाज चितवनले शनिबार नयाँ कार्यसमति गठन गरेको छ । भरतपुर १ आँपटाडीमा बसेको समाजको भेलाले पूवए सिडिओ डिक बहादुर गुरुङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समाजको उपाध्यक्षमा तेज प्रसाद चुडाल, सचिवमा पदम अ¥याल, कोषाध्यक्षमा तारा काफ्ले तथा सदस्यहरुमा तिला पालीखे, पुण्य घिमिरे, भविन्द्र कन्दङ्वा, रेणु कन्दङ्वा, जनक कट्टेल, सुशान्त खड्का, पौडेल रहेका छन । समाजका पूर्व अध्यक्ष डा. तिलचन्द्र भट्टराई पदेन सदस्य र एक जना सदस्य पछि मनोनीत गरिने समाजका अध्यक्ष गुरुङले बताउनुभयो ।
२०६३ सालमा स्थापना भएको समाजमा पूर्वी नेपाल प्रदेश १ अन्तर्गतका विभिन्न जिल्लाबाट चितवन, नवलपुर लगायतका जिल्लामा बसोबास गर्ने ५ सय बढी व्यक्तिहरु सहभागी रहेको समाजले जनाएको छ । समाजले पुर्वका व्यक्तिहरुलाई एकतावद्ध गराएर अफ्ट्यारो परेकाहरुलाई सहयोग गर्ने तथा पूर्व र मध्य नेपालको संस्कृति आदान प्रदान गर्ने लगायतका समाजिक कार्यक्रम गर्दै आएको समाजका संस्थापक डा.सारदा थपलियाले बताउनुभयो । पुरानो घर इलाम भइ हाल चितवन बस्नुहुने नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समन्वय समिती चितवनका पुर्ब अध्यक्ष पदम बहादुर गुरुङले जागिर, अध्ययन, व्यापार ब्यबसाय तथा विभिन्न संघ–सस्था मार्फत चितवन बस्नपुगेका अन्य धेरै पुर्बेलिहरु रहेकाले उनिहरुलाई पनि क्रमश समाजमा एकीकृत गर्दै जाने बताउनुभयो ।