कुल पर्यटकको बिस प्रतिशत पर्यटक मात्र सौराहा आए

 शिव शर्मा, चितवन माघ १८ । छ महिना सम्मको भारतीय नाकावन्दी र मुग्लिङ्ग नारायणगढ सडकखण्डको स्तर उन्नतिका क्रममा सुस्ताएको सौराहाको पर्यटकीय गतिबिधि केहि चलायमान भएपनि उल्लेख्य भने हुन सकेको छैन । सरकारले सन् २०१८ मा नेपालमा ११ लाखको हाराहारीमा पर्यटक भित्रिएको दावी गरिरहदां सौराहामा भने मुस्किलले २ लाख पर्यटक घुम्न आए । कुल पर्यटकको संख्याको बिस प्रतिशत पर्यटक सौराहामा आएका छन् ।

नेपालमा आउने अधिकांश पर्यटकलाइ सौराहा भित्र्याउन सौराहाको प्रवद्दनमा जोड गर्नुपर्ने क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताए । ‘अझै पनि सौराहाको पर्यटन प्रवद्दनमा कमि भएको छ । यसका लागि तिन तहका सरकार, होटेल व्यवसायी, संचारमाध्यम र स्थानीय बासिले भूमिका खेल्नु पर्छ । साना तिना कार्यक्रमले भन्दा पनि समग्र प्रवद्दनात्मक कार्यक्रम ल्याउनु पर्छ ।’ अध्यक्ष घिमिरेले भने,‘धेरै खर्च गर्ने पर्यटक भित्र्याउनु पर्छ ।’ उनका अनुसार आर्थिक विकास गर्न कम खर्च गर्ने धेरै पर्यटक मात्र नभई धेरै खर्च गर्ने पर्यटकको खाचो छ । सौराहामा हुदै गरेको सौराहा फुड फेष्टिवल पर्यटक आउने समयमा गर्नुपर्ने उनको सुझाव छ । मेला महोत्सवले पर्यटकलाइ आकर्षित गरे पनि समग्र सौराहाको प्रवद्दन हुने रणनीति अपनाउनु पर्ने उनको तर्क छ । यसका लागि रत्ननगर नगरपालिकाले योजना बनाएर काम गर्ने आवस्यकता उनि देख्छन । सौराहाको ब्राण्डको रुपमा स्थापित भएको हात्ती महोत्सवमा समेत फुड फेष्टिवल गर्न सके पर्यटक आकर्षित हुने उनि बताउछन ।

पर्यटकको बृद्दिका लागि सौराहाको ब्यापक प्रचार गर्नुपर्ने कतिपय व्यवसायीको तर्क छन । सस्कृति, पर्यापर्यटन र रहनसहनलाइ मिश्रण गरी समग्र सौराहाको पहिचान स्थापित गरेपनि अझै अन्तरास्ट्रिय जगतमा सौराहाको प्रवद्दन गर्नुपर्नेमा रेस्टुरेण्ट एण्ड वार एसोसियसन नेपाल (रेवान) सौराहाका अध्यक्ष गोकर्ण गिरीको पनि दुइ मत छैन । स्थानीय तह लगाएत सरकारले अन्तरास्ट्रिय सभाहल बनाएर अन्तरास्ट्रिय स्तरका कार्यक्रम गर्न केन्द्रित हुनुपर्ने उनको भनाइ छ । अन्तरास्ट्रिय सम्मेलनले नेपाल सहित सौराहा बिस्वमा चिनिने उनको तर्क छ ।

गत बर्ष नेपाल भ्रमणमा आउने पर्यटकको संख्या झण्डै २५ प्रतिशतले वृद्धि भएको थियो । अध्यागमन विभागका अनुसार सन् २०१८ को अन्तिमसम्म ११ लाख ७३ हजार ७२ पर्यटकले ७२ पर्यटक नेपाल भ्रमणमा आएका थिए । सौराहामा चालु आर्थिक वर्षको शुरु छ महीनामा गत वर्षको सोही अवधिमा भन्दा २१ हजार २८ पर्यटक बढेका छन् । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ८८ हजार १५१ पर्यटकले निकुञ्ज घुमेका छन् । जसमध्ये १८ हजार ७३४ नेपाली, १० हजार ३३८ सार्क मुलुकका र ५९ हजार ७९ सार्कबाहेकको देशका रहेका छन् । गत वर्षको पुस मसान्तसम्ममा ६७ हजार १२३ पर्यटकले निकुञ्ज घुमेका थिए । । गत वर्ष एक लाख ५२ हजार ६७१ पर्यटकले निकुञ्ज घुमेका थिए । सौराहामा एक सय १० वटा र समग्र चितवनमा एक सय ५० वटा पर्यटक स्तरीय होटल रहेको छ। चितवनको सौराहामा आएका स्वदेशी तथा विदेशी पर्यटकहरु जंगल सफारी, हात्ती सफारी लगाएत थारू संस्कृतिमा लोभिने गरेका छन् ।