निर्मला पन्त हत्या प्रकरण डीएनए विज्ञमाथि नै छानविन गर्न माग

काठमाडौं ,१४ माघ । मानव अधिकार आयोगले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले असंख्या गम्भीर त्रुटि गरेको औँल्याएको छ । आयोगले प्रहरीका डीएनए विज्ञहरुमाथि समेत छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।

आयोगले तीन महिना लगाएर गरेको अनुसन्धानको विवरणसहित आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र लेखी घटनाका सम्बन्धमा ४ वटा सिफारिस र २४ वटा निर्देशन दिएको छ ।
अनुसन्धान क्रममा प्रहरीबाट शृंखलाबद्ध गल्ती भएको र डीएनए परीक्षणमा विज्ञहरुबाट लापरबाही गरिएको आयोगले जनाएको छ । घनश्याम खड्काले आजको कान्तिपुरमा खबर लेखेका छन् ।