बक्राङमा पशु स्वास्थ्य शिविर सम्पन्न

गोरखा,१३ माघ । गोरखाको सहिद लखन गाउँपालिकामा पशुसेवा कार्यालयको आयोजनामा आज निशुल्क पशु स्वास्थ सेवा शिविर सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर १ बक्राङमा भएको शिविरमा कुल १ सय ३९ घरधुरीका पशुपालक किसानहरु लाभान्वित भएको शाखा प्रमुख सुदिप बि.कले जानकारी दिनुभयो । शिविरमा १ हजार ३ सय ५० बोका, बाख्रा र खसीको स्वास्थ परिक्षण गरिएको उहाँले बताउनुभयो । त्यस्तै शिविरमा ३ सय ठूलो चौपायाको स्वास्थ परिक्षण गरिएको थियो भने २९ पशु चौपाय बन्ध्याकरण गरिएको शाखा प्रमुख बि.कले जानकारी दिनुभयो । कार्यालयको आयोजनामा सोमबार मनकामनामा पशु स्वास्थ शिविर हुने उहाँले बताउनुभयो ।