एनआई सी एशिया बैंकको नयाँ शाखा पोखराको बगरमा

पोखरा, १३ माघ । एनआई सी एशिया बैंक लिले पोखरा महानगरपालिका वडा नं १, बगरमा शाखा बिस्तार गरेको छ । शाखाको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेले एक कार्यक्रमकाबिच आईतबार उद्घाटन गर्नुभएको हो श्रावण २५गते बाट कारोबार सुरु भएको उक्त शाखाको उद्घाटन गर्दै प्रमुख अतिथि पौडेलले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिती सबल बनाउदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तीय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपुर्ण योगदान पु¥याएको बताउनुभयो ।

मुलुकभर २७५शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एव्ं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा गर्दै आएको बैँकले जनाएको छ । बैंकको वासलातको आकार रू. २१८ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १७५ अर्ब तथा कर्जा रू. १४९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४लाख५०हजार रहेको बैँकले जनएको छ ।