गीतानगर जेसिजको पदस्थापना, जेसिज समाजको ऐना ः पुर्व राष्ट्रिय अध्यक्ष कोइराला

चितवन माघ १२ । गीतानगर जेसिजको १८ औं पदस्थापना भएको सम्पन्न भएको छ । आज होटेल रोयल ब्याङ्क्वेट चोकबजारमा भएको कार्यक्रममा बर्ष २०१८ का अध्यक्ष नारायण पौडेलले बर्ष २०१९ का अध्यक्ष कृष्ण सापकोटालाई पद हस्तान्तरण गरेका हुन् । १८ औ बार्षिक साधारण सभा तथा अधिवेशन बाट निर्बिरोध निर्वा्चित भएका सापकोटा सहित कार्यकारिणी उपाध्यक्षमा बिशाल कोइराला, युवराज अधिकारी तथा उपाध्यक्षमा निर्वा्चित प्रविण पोख्रेल,कुसल पौडेल, सागर सुवेदी र प्रकास ढुंगाना सहित महासचिवमा मनोनित गरिएका अनुप कोइराला लगाएत पदाधिकारीलाइ सपथ गराइएको हो । नेतृत्व सम्हाल्दै अध्यक्ष सापकोटाले आफ्नो कार्यकालमा सामाजिक सचेतना र नेतृत्व विकासलाइ प्रमुख प्राथमिकता दिने प्रतिवद्दता जनाए । सो अवसरमा गीतानगर जुनियर जेसिजका बर्ष २०१८ का अध्यक्ष आरोग्य श्रेष्ठले बर्ष २०१९ का अध्यक्ष बिजय सुवेदीलाइ पनि पदस्थापन गराए ।

सोहि क्रममा प्रमुख अतिथि भरतपुर महानगरका उपप्रमुख पार्वती शाह ठकुरीले जेसिज समाजको नेतृत्वकर्ता सस्था भएको बताइन । उनले जेसिजले समाज रुपान्तरणमा खेलेको भूमिकाको मुक्तकण्ठले प्रसंशा गरिन ।

जेसिजका पुर्व रास्ट्रीय अध्यक्ष जेसिआइ सिनेटर दिनेश कोइरालाले सक्षम युवा उत्पादनमा जेसिजको भूमिका महत्वपुर्ण हुने बताए । उनले जेसिज आस्था र मान्यतालाई आत्मसाथ गरेमा सफल नेतृत्व विकास गर्न सकिने जनाए । जेसिजले समाजमा हुने गरेका हरेक पक्षलाइ आत्मसाथ गर्दै समाजका विद्यमान समस्यालाई निराकरण गर्नुपर्ने उनको भनाइ छ । व्यक्तिगत, सामाजिक, व्यवसायिक रुपमा सफल बन्न जेसिजले मद्दत गर्ने कोइरालाको तर्क छ ।

भरतपुर वडा न ६ का वडा अध्यक्ष हरिबिलाश कोइरालाले अव गीतानगर जेसिजको आफ्नै भवन हुनुपर्ने सुझाव दिए । उनले भवन निर्माणको निर्यण गरे वडाले सक्दो सहयोग गर्ने बचन दिए । भरतपुर महानगर वडा न ८ का वडा अध्यक्ष दामोदर न्यौपानेले जेसीहरुको सहयोगी भावना बाट आफु प्रभावित भएको बताए । कार्यक्रम अनुप कोइरालाको संयोजन एवं भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।