प्रहरीले गरे चितवनमा आत्महत्या

 

चितवन, ११ माघ । चितवनमा एक प्रहरी जवानले आत्महत्या गरेका छन् । सर्लाहीको श्रीनगर गाँउपालिका ७ घरभई हाल भरतपुर महानगरपालिका १० स्याउली बजारमा राधिका गिरिको घरमा डेरागरी बस्दै आएका २८ बर्षिय प्रहरी जवान सन्त बहादुर आलेमगरले आत्महत्या गरेका हुन् ।

बिहिवार आफ्नै कोठामा मगरले डोरीको पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । प्रहरी चौकी जुटपानीमा दरबन्दी रहेका मगर काजमा जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत थिए । पारिवारिक झगडाका कारण मगरले आत्महत्या गरेको प्रहरीको अनुमान छ । शव पोष्टमाटका लागी भरतपुर अस्पतालमा राखिएको छ ।