प्रदेशको ठूलो उपलब्धी : प्रदेश यातायात व्यवस्था सेवा कार्यालय स्थापना

 

हेटौंडा, ९ माघ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री पौडेलले प्रदेश सरकार छ भन्ने अनुभती भएको बताउनुभएको छ ।
हेटौंडामा यातायात व्यवस्था सेवा कार्यालयको उद्घाटन गर्दै उहा“ले प्रदेशमा अधिकार सबै आइसकेको भन्दै अब थप अन्य क्षेत्रका सेवा दिने बताउनुभयो । यो प्रदेश सरकारको ठूलो उपलब्धी रहेको बताउनुभयो ।
प्रदेश यातायत व्यवस्था सेवा कार्यालय स्थापना गरेर प्रदेशको अधिकार प्राप्त भएको बताउ“दै यस कार्यालबाट धेरै भन्दा धेरै मानिसहरुले सेवा प्राप्त गर्नेछन् । सेवाग्राहिले असन्तोष भएको कुरा सुन्न नपर्ने बनाउन कर्मचारी सबैलाई आग्रह गर्नुभयो । यस्तै बिस्तारै अझ कार्यलयलाई थप व्यवस्थित बनाउ“दै लैजाने र आवश्यक जनशक्ति पनि व्यवस्थापन गर्ने योजना रहेको छ । आगामी दिनहरुमा पनि प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता पनि पौडलले व्यक्त गर्नुभयो ।
हेटौंडा–११ थानाभ¥याङ स्थित यातायात व्यवास्था कार्यालयको सेवा विस्तारमा हेटौंडामा प्रमुख अतिथी ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश ३–०३ ००१–झ–०००१ नम्बरको गाडिको पहिलो उद्धघाटन गर्नुभएको छ । यो नम्बर प्रदेश नं ३ को पहिलो नम्बरप्लेट रहेको छ ।
३ नं प्रदेश यातायात कार्यालय हेटौंडाका कार्यालय प्रमुख पोषण थापले पनि हाल गर्दै आइरहेको कामहरु ब्लू बुक नविकरण, सबै प्रकारका सवारी कर, जा“च पास जस्ता कार्यहरु गर्दै आइरहेको भएता पनि काठमाडौं सम्म धाउनु नपर्ने बताउनुभयो ।
यस्तै पहिलो चरणमा यति छिट्टै मुख्यमन्त्री को पहलमा प्रदेश नम्बर ३ को सवारी दर्ता भएको भनी मोटरसाइकल दर्ता गर्ने पार्वत तिमल्सिना, ३ पाङ्गे टेम्पो भाडामा चलाउने मनोहर कार्की लगायत मुख्यमन्त्री कार्यालको सवारी को ब्लु बुक मुख्यमन्त्री कर्यालयका सचिव रमेश शिवाकोटिलाई यातायात कार्यालयले हस्तान्तरण गरेको थियो ।
यस्तै अब छिट्टै यातायात व्यवस्था सेवा कार्यलयले लाइसेन्स नविकरण पनि गर्ने यातायत कार्यलयले जनाएको छ । सम्पूर्ण अधिकारहरु आइसकेको छ । लाइसेन्स दिनका लागि पनि उपयुक्त ट्रायल परिक्षण गर्ने स्थान स्थापना नभएका कारण अलि समय लाग्ने छ साथै अब दिनहरुमा देशभरीकै लाइसेन्सहरु पनि नविकरण गर्न मिल्ने बनाइने छ ।
केही प्राविधिक समस्याहरुका कारण स्मार्ट लाइसेन्स वितरण गर्न नसकिएको भएतापनि अब प्रदेश स्तरमा नै लाइसेन्स प्रिन्ट गर्ने मेशिन उपलब्ध गराउन पहल गर्ने कार्यालय प्रमुख पोषण थापाले जानकरी गराउनुभयो ।