महिला संघ चितवनमा उपाध्यक्ष, सचिव र सहसचिव मनोनयन

चितवन, ९ माघ । नेपाल महिला संघ चितवनको आज वसेको बैठकले कार्यसमिति बिस्तार गरेको छ । महिला संघ चितवनकी अध्यक्ष पार्वती शाह ठकुरीको अध्यक्षतामा बसेको बैठकले रिक्त रहेको पदाधिकारीहरुमा मनोनयन गरेको हो ।
महिला संघको बिधानको परिक्षेद ३ को धारा १० को उपधारा २“ग” वमोजिक अध्यक्षमा निहित अधिकारको प्रयोग गरी उपाध्यक्षमा सरस्वती पौडेल, सचिवमा तारा गुरुङ् र सहसचिवमा शशि महत्तोलाई मनोनयन गरिएको हो ।
महिला संघ केन्द्रिय समिति र नेपाली काँग्रेस चितवनलाई बोधार्थ दिईएको सो पत्रमा अहिले मनोनित गरिएका पदाधिकारीबाट संघलाई चलायमान वनाउन मद्दत पुग्ने जनाईएको छ ।