एकै व्यक्तिको दुईथरी किरिया

 

काठमाडौं, ९ माघ । उदयपुर र खोटाङ जिल्लाको सिमानामा रहेको खोटेहाङ गाउँपालिका–९ रसुुवा माझीटारमा एउटा सानो माझी बस्ती छ । बस्तीमा रहेका दुई घरमध्ये एउटा घरमा हिन्दू र अर्को घरमा क्रिस्चियन परम्पराअनुसार एकै व्यक्तिको काजकिरिया भइरहेको छ ।

छिमेकीमध्ये कोही हिन्दू र कोही क्रिस्चियन परम्पराअनुसार किरिया गर्न सिकाइरहेका छन् । सुनकोसी नदीको किनारामा अवस्थित यो गाउँमा बिहीबार मृत्यु भएकी एक माझी महिलाको दुई भिन्न संस्कारले काजकिरिया भइरहेको छ ।

११ वर्षको उमेरमा १५ वर्षीय भरत माझीसँग विवाह गरी १२ जना छोरा र ५ जना छोरी जन्माएकी पूर्णमाया माझीको ७६ वर्षको उमेरमा गत बिहीबार मृत्यु भएको थियो । समाचार कारोबार दैनिकमा प्रकाशित छ ।