भुषाल नेकपा प्रवेश प्रकरण : काँग्रेसले गरेको उच्च मुल्याङ्कन लत्याएर बेईमानी गरेको आरोप

चितवन माघ ७ । नेपाली काँग्रेस परित्याग गरेर नेकपा प्रवेश गरेर तिर्थ भूषालले बेईमानी गरेको आरोप लगाएका छन । नेपाली काँग्रेसले सधै अवसर दिएको उल्लेख गर्दै भूषाल परिवारले पार्टीले गरेको उच्च मूल्याङ्कनलाई लत्याएको भन्दै आक्रोश पोखेका छन ।

संचारमाध्यमबाट पार्टी छोडेर अर्को पार्टीमा प्रवेश गरेको समाचारले आफुहरु आश्चर्यमा परेको परिवारका सदस्यले बताएका छन । पार्टीले कार्यवाहक सभापति , सुकुम्बासी आगोगको अध्यक्ष र सांसदमा निर्वाचित गरेको उल्लेख गर्दै सबै अवसर लिएपछि पार्टी छोडेर बेईमानी गरेको जनाएका छन ।

आईतवार पत्रकार सम्मेलन पार्टीले उनकी श्रीमती , छोरा , भाई , दिदी सहित ११ जनाले प्रेस विज्ञप्ती जारी गर्दै अन्र्तगत गरेको निश्कर्ष निकालेका छन । उनीहरुले पारिवारीक सल्लाह विना कसैको लहडमा लागेर पार्टी परित्याग गरेको जनाएका छन । आवेशमा निर्णय गरेको भन्दै तत्काल पार्टीमा फिर्किनका लागी आग्रह गरेका छन ।

तिर्थ भुषालकी श्रीमति शर्मादेखी भूषाल , भाई शंकर भूषाल , देवराज भूषाल र विवेक भूषाल , दिदी टिका भूषाल , भतिज झपेन्द्र भुषाल र सुवास भूषाल , नातीहरु कपिल , विजय , जीवन र प्रदिप भूषाल र भान्जी तुलसी चापागाँईले विज्ञप्ती जारी गरेका छन । उनीहरुले आफुहरु काँग्रेसमै प्रतिवद्ध रहेको समेत स्पष्ट पारेका छन ।
तिर्थ भूषालका पिता आनन्द भूषाल २०१७ सालदेखी काँगेसको संगठन विस्तारमा सक्रिय थिए । विपी कोईरालाको निर्देशनमा उनी पार्टीको गतिविधिमा लागेका थिए । बाबुकै प्रेरणाबाट काँगेसमा लागेका भूषालले पार्टी लगाएको गुनमा घात गरेको बताए ।
नेपाली कांँग्रेस चितवनले पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्कासित गरेको छ ।

काग्रेस चितवनले विज्ञप्ती जारी गरेर भूषाललाईपार्टीबाट निस्कासित गरेको हो । नेपाली कांँग्रेसको सिद्धान्त , राष्ट्रियता , लोकतन्त्र समाजवादको विचारबाट विचलित भई भूषालले पलयानको बाटो प्रति खेदजनक छ, विज्ञप्तीमा उल्लेख छ । विगतमा समेत पदीय जिम्मेवारी वहन नगरेको र केन्द्रीय नेताको उपस्थितिमा पटक पटक सचेत गराउंँदा पनि पार्टीको हित विपरीत काम गरेकोले पार्टीको साधारण सदस्य निस्काशन गरिएको विज्ञप्तीमा भनिएको छ ।