असिम गुरूङ डेजी इंग्लिस बोर्डिङ स्कुलको वर्ष खेलाडी २०७५ घोषित

चितवन, ७ माघ । डेजी इंग्लिस बोर्डिङ स्कुलको वर्ष खेलाडी २०७५ असिम गुरुङलाई घोषणा गरिएको छ । प्रतिभा सम्मान र्कायक्रम अन्तरगत बर्ष खेलाडी २०७५ घोषणासंगै उनको फोटोलाई सम्मान स्वरुप खैरहनी ८, चितवन मा रहेको स्कुल प्रांगणमा राखिएको छ ।

उनले ८ कक्षामा पढ्दा नै स्कुललाई चितवन च्याम्पियन फुटवलमा बनाउन विशेष योगदान गरेका थिए । यसवर्ष पनि गुरुङ जिल्लास्तरिय फुटबल खेल्दा चर्चामा थिए ।

प्रतिभा सम्मानको कार्य यस वर्ष फुटबलबाट शुरू गरिएको विद्यालयले जनाएको छ । अर्को वर्षदेखि डेजी स्पोर्टस मेनियामा खेलेको आधारमा फुटबल, क्रिकेट र कबड्डी (छात्रा ) बाट एक एक गरी तीन जना प्रतिभाशाली खेलाडीको फोटो विद्यालय परिसरमा वर्षभरी राखिने विद्यालयका प्रिन्सिपल प्रेमराज रिमालले बताउनुभयो ।

शैक्षिक स्तरका साथै विद्यार्थीको चौतर्फी क्षमता विकासमा सहयोग पु¥याउने उदेश्यले बर्ष खेलाडी घोषित कार्यक्रम सुरु गरिएको प्रिन्सिपल रिमालको भनाईछ ।