अवैध लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ

काठमाडौं,२ माघ । बाँके र रुपन्देहीबाट अवैध लागुऔषध ब्राउन सुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बाँकेको जानकी गाउँपालिका–१ बढैयाबाट खजुरा गाउँपालिका–५ बस्ने ३२ वर्षीय लुले खाँलाई अवैध लागुऔषध ब्राउन सुगर १ ग्राम ७ सय मिलिग्रामसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।

प्रहरी चौकी साईगाउँबाट खटिएको प्रहरीले खाँलाई शंका लागि जाँच गर्दा गक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो।

रुपन्देही बुटवल उपमहानगरपालिका–१ इँटाभट्टास्थित सोही उपमहानगरपालिका–१३ का २५ वर्षीय शिव मल्ल र २७ वर्षीया विनी थापालाई पनि ब्राउनसुगर ६ ग्राम २ सय ७० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो।