माघे संक्रान्ति मेलाको बिधिवत सुरुवात (फोटो फिचर)

चितवन, ३० पुस । माघे संक्रान्ति मेलाको विधिवत रुपमा सुरु भएको छ । हरिहर सन्यास आश्रमका पिठाधिस १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले काली गण्डकी र त्रिशुली नदिको सङगम बेनिमा बासको लिङ्गो ठड्याइ शुभारम्भ गर्नु भएको हो । सो अबसरमा देबघाट क्षेत्र बिकास समितीका अध्यक्ष शिबराज पौडेल लगाएतको उपस्थिती रहेको थियो ।

ज्योतिष शास्त्रअनुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । सो दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामा र रात छोटा हुँदै जाने विश्वास गरिन्छ ।भविष्य पुराण, विष्णुवचन तथा धमसिन्धु नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी भइने जनविश्वास रहिआएको छ ।