रत्ननगरमा बृद्धले गरे बालिकालाई बलात्कार

चितवन, १९ पुस । चितवनको रत्ननगरका एक ७५ बर्षका बृद्धले १५ बर्षकी बालिकालाई बलात्कार गरेको घटना बाहिर आएको छ । पीडित वालिकाले इलाका प्रहरी कार्यालय टाँडीमा किटानी जाहेरी दिएपछि सो घटना बाहिर आएको हो । बृद्धले वालिकालाई गत जेठ देखि पटक पटक बलात्कार गर्दै आएको प्रहरीले जनाएको छ । वालिकाले जाहेरी दिएपछि बुधवार आरोपित बृद्धालाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी दयानिधि ज्ञावलीले जानकारी दिए । बृद्धलाई जबरजस्ती करणी ऐन अनुसार कारबाही हुने उनले बताए ।