राक्सिराङ गाउपालिकामा अस्थायी प्रहरी चौकी स्थापना

राजेश रुम्बा लामा

मनहरी,मकवानपुर ७ मंसिर । सामाजिक सुरक्षालाई मध्यनजर गर्दै राक्सिराङ गाउपालिका, चैनपुरमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ। बिहिवार एक कार्यक्रमका बीच चौकीको उद्घाटन गरिएको हो। राक्सिराङ लगायत आसपासका वडाको सुरक्षाको लागी प्रहरी सहायक निरीक्षक बिर बहादुर यादवको नेतृत्वमा ७ सदस्यीय प्रहरी टोलि त्यहा राखिएको छ।

बिगत केहि बर्ष पहिलेदेखी स्थानीयहरुको गुनासोलाई मध्यनजर गर्दै गाउपालिकामा चौकी स्थापना गरिएको गाउपालिका अध्यक्ष राजकुमार मल्लले जनाए । मल्लकैै संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि शंसाद सन्त बहादुर चेपाङले अस्थायी प्रहरी चौकी स्थापना हुनु अति नै राम्रो भएकोले अब छिट्टै लागुऔषधको अबैध ब्यापार, हिंसा,सामाजिक अपराध पुर्न रुपमा निर्मुल हुने बिश्वास ब्यक्त गरे। साथै जनताको सुरक्षामा सदैव पहल गर्ने उहाले बताए। यस्तैगरि कार्यक्रमका बिशिस्ट अतिथी तथा प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले समाजमा रहेका बालबिबाह,बहुबिबाह,बिकृती बिसङ्गती निर्मुल पार्न हरदम सह्योग गर्ने र मुस्कानसहितको प्रहरी सेवा,सामुदायिक प्रहरी सेवा,बिद्यालय सुरक्षा संयन्त्रको स्थापना गरि हरेक जनतालाई सुरक्षाको अनुभुती दिलाउने उहाले आश्वासन दिनु भएको थियो ।

कार्यक्रमका संयोजक तथा गाउपालिका अध्यक्ष राजकुमार मल्लले पहाडी गाउको शान्ति सुरक्षा कायम गर्दै अस्थायी प्रहरी चौकिलाई छिट्टै स्थायी बनाइने साथै बैंक बित्तीय संस्था तथा उद्योगहरु स्थापनामा सदैब सहयोग हुने अपेक्षा पनि गरे। चौकी स्थापना भएपछि स्थानीयहरु सुरक्षित महसुस गरेका छन। त्यहा अहिलेसम्म प्रहरी चौकी नभएको र प्रहरी चौकी नहुदा राक्सिराङका नागरिकहरु आफ्नो सुरक्षासम्बन्धि गुनासो भन्न ईलाका प्रहरी चौकी मनहरी आउनुपर्ने बाध्यता थियो। उद्घाटन कार्यक्रममा गाउपालिका उपाध्यक्ष निर्मला हिम्डुङ, प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य बुद्धिजीवी,शिक्षक,समाजसेवि लगायत अन्य स्थानियबासिको बाक्लो उपस्थिति रहेको थियो।