नेपाल क्रेडिट बैंक र नेपाल लाइफ बीच बैंंकएस्योरेन्स सम्झौता

 

चितवन, ६ मंसिर । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. बीच द्यबलअबककगचबलअभ मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे मंसीर ३ गतेका दिन सम्झौता भएको छ ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.को पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रमेश राज अर्याल र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. का तर्फ वाट प्रमुख कार्यकारी अधिकृत श्री विवेक झाले संयुक्त रुपमा हस्ताक्षर गर्नुभयो ।