जिआइसि नेपाल र कैलाश बिकास बैंक बीच बैङ्कासुरेन्स सम्झौता

 

चितवन, ६ मंसिर । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.( जिआईसि नेपाल) र कैलाश बिकास बैंक बिच बैङ्कासुरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा बिकास बैङ्क बीच मिति २०७५ मंसिर ०४ गते मंगलबारका दिन आयोजित एक कार्यक्रमबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौतामा बैङ्कका प्रमुख कार्यकारी अधिकृत अमतृ चरण श्रेष्ठ र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सातवटै प्रदेशमा रहेका ७३ वटा शाखा कार्यालयबाट लिन सकिने जनाइएको छ ।