वृद्धवृद्धालाई सम्मान, अपाङ्गता भएकालाई न्यानो कपडा

चितवन मंसिर ६ । खैरहनी नगरपालिका १ नम्वर वडा कार्यालयले वडाभित्रका ३० जना वृद्धवृद्धालाई सम्मान गरेको छ । साथै फरक क्षमता भएकाहरुलाई न्यानो कपडा वितरण समेत गरेको छ ।
वडा कार्यालयमा विहीवार एक कार्यक्रमकाबीच खैरहनीका मेयर लालमणी चौधरी र वडाध्यक्ष भुमीप्रसाद कडेंलले वृद्धावृद्धालाई सम्मान गर्नुका साथै फरक क्षमता भएकालाई न्यानो कपडा वितरण गरेका हुन् ।
८५ वर्ष उमेर नाघेका वृद्धवृद्धालाई नगद १ हजार ७ सयबाट सम्मान तथा ९ जना फरक क्षमता भएकाहरुलाई न्यानो कपडा प्रदान गरिएको वडाध्यक्ष कडेंलले वताए ।
सो अवसरमा मेयर चौधरीले सामाजिक रुपमा अपहेलित भएर वस्नु पर्ने संस्कृतीको विकास भएको भन्दै उनीहरुको सम्मान गर्नु पर्ने वताए । वृद्धवृद्धा इतिहासको साक्षी,ज्ञानको भण्डार रहेको उल्लेख गर्दै मेयर चौधरीले उनीहरुको अनुभवबाट नयाँ कुराको सृजना गर्नुपर्नेमा जोड दिए । खैरहनी १ का वडाध्यक्ष भुमीप्रसाद कडेंलको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा सदस्य कृष्णप्रसाद भुषालले स्वागत मन्तव्य राखेका थिए ।