दुर्ब्यवहार पछि गायिका ज्योति मगर चितवन प्रहरीको साहारामा, यस्तो छ उनको बयान (हेरौँ भिडियो)

चितवन, ६ मंसिर । पछिल्लो समयमा यूवा पुस्ताहरुमा लोकप्रिय लोक दोहोरी गायिका ज्योति मगर माथि दुर्ब्यवहार भएको छ । ध्रुब तारा युवा क्लब नवलपरासीले सिक्रौलीमा आयोजना गरेको एकादशी मेलाको कार्यक्रम सकेर होटल फर्किएकी ज्योतिलाई प्रितम थापा नाम गरेका ब्यक्तीले मादक पदार्थ सेवन गरि दुर्ब्यवहार गरेका हुन् । मंगलबार राती होटल रोयल सेन्चुरीमा खाना खाएर सुत्न जाने क्रममा थापाले अपशब्द प्रयोग गर्दै गाली गलौच गरेको ज्योतिले बताएकी छिन् ।

घटना बारे आयोजक सँग कुरा गरेपनी समाधान नभए पछी आफुले प्रहरीको साहारा लिएको ज्योतिले बताईन । थापालाई राती नै वडा प्रहरी कार्यालय पुलचोकले नियन्त्रणमा लिएको थियो । थापालाई बुधबार कागजमा परिवारको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी शुसिल सिंह राठौरले जानकारी दिए ।

थापा बिरुद्द उजुरी हाल्न ज्योति जिल्ला प्रहरी कार्यालय चितवन पुगेकी थिईन् । तर थापाले प्रहरी समक्ष आफुबाट भुलबस गल्ती भएको र एक पटक माफ गरिदिन आग्रह गरेपछी ज्योति मगरकै आग्रहमा पुनह त्यस्तो गल्ती नदोहोर्याउने सर्तमा ति थापालाई छोडिएको प्रहरी प्रमुख राठौरले बताए ।