पाँच बर्ष भित्र चितवनको विकास संसारले हेर्न लायक मोडेलको रुपमा हुन्छ : अध्यक्ष प्रचण्ड (भिडियो)

चितवन,६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनलाई पाँच बर्ष भित्र संसारले हेर्नै पर्ने मोडेलको रुपमा विकास गर्न सकिने बताउनुभएको छ । आज भरतपुर महानगरपालिका वडा न २४ कोे वातावरण मैत्री घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले चितवनलाई पाँच बर्षभित्रमा सबैले गर्व गर्न लायक र संसारले हेर्ने पर्ने विकासको मोडेलको रुपमा बनाउन सकिने बताउनुभएको हो ।
उहाँले भन्नुभयो“ हामीले निर्वाचनमा भने जस्तो चितवनलाई पाँच बर्षभित्रमा साच्चैँ तपाई हामीले गर्व गर्न लायक र संसारले हेर्ने पर्ने विकासको मोडेलको रुपमा बनाउन सकिन्छ र बनाउनुपर्छ । ”
धार्मि पर्यटन, नारायाणीमा जलमार्ग लगायतका ठूला योजनाहरु प्रकृयामा रहेको अध्यक्ष प्रचण्डले बताउनुभयो । पाँच बर्षमा चितवनका सबै सडकहरु कालोपत्रे भईसक्ने उहाँको भनाई छ ।