दीपालाई देखाएर दिपकले राष्ट्रपति भण्डगारीलाई ब्यङ्ग्य गरेपछि…

काठमाडौँ, ५ मंसिर । दीपक राज गिरिको फेसबुकमा देखिएको तस्बिरमा अष्ट्रेलियामा रहेकी निर्देशक दीपाश्री निरौला एउटा सेतो रंगको गाडी अघि उभिएकी छिन् । दीपाको गाडीसहितको फोटो खिच्दै निर्माता दीपकराज गिरीले लेखे–‘केही महिलाहरु साह्रै जिद्दि हुँदैछन् आजकल । उहाँलाई पनि यो गाडी नभै भएन रे ।’

दीपकले अष्ट्रेलियामा रहेकी दीपालाई देखाउँदै राष्ट्रपति विद्यादेवी भण्डारीमाथि ब्यङ्ग्य कसे । किनकी, अहिले राष्ट्रपतिका लागि १८ करोडको गाडी किन्न लागिएको खबर भाइरल छ ।