चितवनमा १५ वटा जवरजस्ती करणीको मुद्धा, सबै आरोपित पक्राउ

चितवन, ४ मंसिर। चितवनमा चालु आर्थिक बर्षमा १५ वटा जवरजस्तीकरणी मुद्धा दर्ता भएका छन् । चालु आर्थिक वर्षमा जिल्लामा भएका १५ वटा जवरजस्ती करणीका मुद्धामा फरार रहेका सबै १९ जना अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले आज (मंगलवार) भरतपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

चितवन जिल्लामा चालु आर्थिक वर्षमा १२ बर्ष देखि ६५ बर्ष सम्मका महिला जवरजस्ती करणीमा परेका छन् । कात्तिक २४ गते पश्चिम चितवनकी १२ बर्षिया बालिकालाई जवरजस्ती करणी गरी फरार रहेका भरतपुर महानगरपालिका १३ का २७ बर्षिय राजन विकलाई पनि प्रहरीले प्रक्राऊ गरेको छ ।

विकलाई मंसिर १ गते दिल्लीको गुणगाउँमा लुकीछिपी बसेको अवस्थामा प्रक्राउ गरेको हो । अहिले सवै अभियुक्तहरुलाई प्रहरीले मुद्धा चलाएको छ ।

मुलुकी संहिता २०७४ अनुसार दश वा दश बर्ष देखि माथि चौध वर्ष भन्दा कम उमेरकी बालिकालाई जवरजस्ती करणी गरेमा चौध बर्ष देखि १६ बर्ष सम्म कैद सजाय हुने व्यवस्था रहेको छ ।