भारतीय औषधि बरामद

गौशाला, ४ मङ्सिर । महोत्तरीको पश्चिमी सिमानाका सम्सी गाउँपालिकाबाट गए राति प्रहरीले करीब रु दुई लाख मूल्य बराबरको भारतीय औषधि बरामद गरेको छ ।

भन्सार छलेर भारतबाट नेपाल ल्याउँदै गरेको २५ प्रकारको भारतीय औषधि बरामद गरिएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । भारतमा कम मूल्यमा किनेर नेपालमा बढी मूल्यमा बिक्री गर्ने उद्देश्यले सो औषधि भन्सार छली गरी नेपाल ल्याउँदै गरेको खड्काले बताउनुभयो । रासस