अटो रिक्सालाई ठक्कर दिदा १ जनाको मृत्यु

 

हिमा अर्याल

नवलपुर, ४ मंसिर । गैडाकोट नगरपालिका खत्रिफिटमा हिजो अटो रिक्साले रोकि राखेको अर्को अटो रिक्सालाई ठक्कर दिदा सोमबार हिजो राति १ जनाको मृत्यु भएको छ । राति १० वजे भएको जिल्ला लमजुङ घर भएकि आन्दाजि ६० वर्षकि लुरी सार्कीको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।

पश्चिम बाट पुर्वतर्फ जादै गरेको ना २ ह ५७५१ नंको अटो रिक्साले रोकि राखेको ना २ ह ८८४ नम्बरको अकर्को अटो रिक्सालाई ढक्कर दिदा ना २ ह ५७५१ नं मा सवार सार्कीको मृत्यु भएकोहो । ढक्कर दिने चालक र अटो इलाका प्रहरी कर्यालय गैडाकोटको नियन्त्रणमा रहेका छन । यस्तै गैडाकोट नगरपालिका गैडाकोट ढाट नजिकै हिजै भएको दुर्घटनामा ४ जना घाइते भएका छन् ।

पुर्व बाट पश्चिम तर्फ गेैरहेको ना ३ च ९४१५ नं को बोलेरो जिपलाई सोहि दिशा तर्फ गैरहेको एच आर ३८ यु ९७८१ नं को भारतीय कन्टेनरले पछाडिबाट ढक्कर दिदा दिएको हो । घाइते मध्ये एक जना डिस्चार्ज भैसकेको र ३ जनाको नयाँ मेडिक कलेज भरतपुरमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ । घाइतेको अवस्था भने सामान्य छ ।