रत्ननगरमा एकीकृत सम्पत्ति कर घट्यो : संघर्ष समिति

 

चितवन, ४ मंसिर । संयुक्त संघर्ष समितिको लगातारको आन्दोलन पछाडि रत्ननगर नगरपालिका एकीकृत सम्पत्तिकरको बिषयमा पछाडि हटेको छ । संयुक्त संघर्ष समिति रत्ननगरले गत श्रावण महिनामा दबाब स्वरुप ४ दिन सम्म रिले अनसन बसे पछि नगरपालिका बाध्य भएर एक कदम पछाडि हटेको हो ।
नगरपालिकाले आन्दोलन पश्चात एकीकृत सम्पत्ति कर घटाएको संयुक्त संघर्ष समितिले मंगलबार रत्ननगरमा पत्रकार सम्बेलनको आयोजना गरेर जानकारी गराएको हो । गत असार १० गते सम्पन्न तेश्रो नगर सभाले बृद्धि गरेको एकीकृत सम्पत्ति करमा नगरपालिकाले कार्तिक २८ गतेको बिशेष नगर परिषदबाट कर घटाएको नेपाली कांग्रेस रत्ननगरका नगरसभापति रुपनराज घिमिरेले जानकारी दिए ।

घिमिरेको अनुसार बुधबार सम्पन्न विशेष नगर सभाले एकीकृत सम्पत्ति करसहित अन्य विभिन्न शीर्षकमा कर समायोजन गरेको थियो । तेस्रो नगरसभाले एकीकृत सम्पत्ति करमा एक हजार प्रतिशत बढी वृद्धि गरेपछि संघर्ष समितिले विरोध जनाएको थियो । पत्रकार सम्बेलनमा संर्घष समितिले उठाएका अन्य दशमागपनि नगरले अबिलम्भ संबोधन गर्नु पर्ने संधर्ष समितिले माग गरेको थियो ।

समितिले श्रावण १४ गते पत्रकार सम्बेलन गर्दै एकीकृत सम्पत्ति कर सहित ११ बुदे माग अगाडि सारेको थियो । संघर्ष समितिले नगरभित्रका पुराना साधनलाई लिलामि नगरि अलपत्र छाडेको, भ्रष्टचार बिरुदको शुन्य सहनशीलताको नीतिलाई शसत्त कार्यान्वयन गर्न नसक्नु, नेपालको संबिधान २०७२ को मुल मर्म र भावनामाथि नै गम्भीर प्रहार गर्न तरिकाबाट शिक्षा नियमाबलिको ठाडो उल्लघंन गरेको लगाएतका मागलाई समेत बेनास्ता गरेको बताएको थियो । नगरपालिकाले एकीकृत सम्पत्ति करको चौतर्फी बिरोध पछि राजस्व परामर्श समितिकी संयोजक तथा उपमेयर विमला दुवाडीले विज्ञहरुको सुझावका आधारमा कर समायोजन गरेको थियो ।