रत्ननगरका डेढ सय घर शौचालय बिहीन

 

केदार शर्मा
चितवन मंसिर ४ । रत्ननगर नगरपालिका खुल्ला दिशा मुक्त क्षेत्र घोष्णा भएको झण्डै ५ बर्ष बित्यो, तर नगरपालिकाको आँखा पुग्न नसक्दा अझै १ सय ४६ घरदुरी शौचालय बिहिन रहेका छन । घोषणाको बेला नगर भित्रका सबै घर दुरीमा शौचालय गराउने प्रतिबद्धता जनाए पनि घोष्णा पछि अनुगमन हुन नसक्दा ठुलो मात्राका शौचालय बिहिन घरहरु भेटिएका हुन । शौचालय बिहिन घरहरु नगर भित्र सुकुम्बासी बस्तीहरुमा रहेका छन । खुल्ला दिशा मुक्त क्षेत्र घोष्णा भएको नगरभित्रै यति ठुलो मात्रामा शौचालय बिहिन घरहरु भेटिएपछि लुमन्ती आवासका लागि सहयोग कार्यक्रमले आगामी एक सय दिन भित्रमा सबैघरहरुमा शौचालय बनाउने अभियान सञ्चालन गरेको छ । लुमन्तीले बिश्व शौचालय दिबसको दिनलाई पहिलो दिन मानेर अभियान सुरु गरेको लुमन्ती आवासका लागि सहयोग कार्यक्रम रत्ननगरका संयोजक सिंह बहादुर लामाले जानकारी दिए ।

नगरपालिका भित्र रहेका २१ वटा सुकुमबासी बस्तीहरुमा बसोबास गर्ने ब्यक्तीको पहुचमा शौचालय नहुदा अझै पनि खुल्ला स्थानमा जाने गरेका छन भने कोहि सामुहिक शौचालय प्रयोग गर्ने गरेका छन । नगरपालिकाले खुल्ला दिशा मुक्त क्षेत्र घोष्णा गर्ने बेलामा शार्बजनिक शौचालयको ब्यबस्था मिलाएका काँरण ऐलानी जग्गामा बसोबास गर्दै आएका सुकुमबासीहरु नगरले शौचालय बनाउनला र प्रयोग गरौलन भन्ने आशामा रहेका छन । नगरपालिकाको शितल टोल, दोभान टोल र सौराहा मालपुरमा रहेको बस्तीमा सामुहिक शौचालयको प्रयोगले गर्दा ति बस्तीहरु दुर्गन्धित बन्दै जान थालेका छन । एक वटा ट्वाईलेट ५ घरले सम्म प्रयोग गर्ने गरेको सौरहा मालपुरका स्थानीय सुनिल माझिको भनाई रहेको छ ।

यता रन्तनगर नगरपालिकाले भने लुमन्तीले सुरु गरेको अभियानमा साथ दिने बताए पनि लुमन्तीले संकलन गरेको डाटालाई आधार मानेर अगाडि बड्न नसक्ने बताएको छ । अभियानलाई साथ दिने तर पहिले नगरपालिका आँफैले डाटा संकलन गरेर मात्रै अभियानमा सहभागि हुने नगरपालिकाकी उप मेयर बिमला दवाडीको भनाई रहेको छ ।

नगरपालिकामा प्रर्याप्त मात्रामा सार्वजानिक शौचालय निर्माण नहुनु व्यवस्थापनको कमजोरी हो । घोषणा पछि नगरपालिकामा सार्वजनिक शौचालय निर्माण गर्न सबैले ध्यान दिनुपर्छ । घोषणालाई कागजमा मात्र सिमित नबनाई कार्यान्वयनमा पनि ध्यान दिन आवश्यक छ । सरसफाई र खुल्ला दिसा मुक्त घोषणा गर्नका लागि आवश्यक मापदण्ड पुरा नभएपनि घोषणा भए पछि शौचालय बिहिन भएका घरलाई नगरपालिकाले तत्कालै शौचालय बनाउने काममा सहायोग गर्न आबश्यक रहेको छ । केदार शर्मा रत्नगनर चितवन